पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित

पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । प्रतिनिधिसभाले पूर्वसांसद एवं संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

नेपाली कांग्रेसका तर्फबाट २०५६ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित तथा २०६४ सालको संविधासभा सदस्य डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो ।

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते बिहान ११ बस्नेछ ।

Skip This
Skip This
Logo