शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक -प्रथम राष्ट्रपति यादव

शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक -प्रथम राष्ट्रपति यादव

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले देशको अर्थतन्त्र धरासाही भएको भन्दै यसको ठूलो कारण शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु भएको बताएका हुन् ।

उनले भने, ‘देशको अर्थतन्त्र र कृषि धरासाही भएको छ । यसलाई अहिलेको परिवर्तनले हेर्नुपर्ने अवस्था आएको छ । उद्योग धरासाही भएको छ । अर्को कुरा सबैभन्दा ठूलो गल्ती शिक्षा र स्वास्थ्यको बारेमा भएको छ । शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर जुन गयौ, त्यो सबैभन्दा खतरनाक कुरा हो ।’

यस्तै, उनले निम्न वर्गिय समुहको मान्छेले निजी विद्यालय र अस्पताल जान सक्ने अवस्था नभएको भन्दै शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउनु पर्ने बताए ।

उनले भने, ‘निम्न वर्गिय समुहको बाल बच्चाहरु सामुदायिक विद्यालयमा जान्छ । त्यहा राम्रो हुँदैन निजीमा पढाउन सक्दैनन्, अस्पतालको कुरामा देशभरमा अस्पताल छ । तर सरकारीको अवस्था राम्रो छैन निजीमा जान सक्ने अवस्था छैन् त्यसकारण शिक्षा स्वास्थ्य र कृषिको ध्यान दिएर पर्यावरणमैत्रि विकास गर्नुपर्छ ।’

Logo