शिक्षक महासंघको आन्दोलन सहमति नजिक, आज निर्णायक वार्ता

शिक्षक महासंघको आन्दोलन सहमति नजिक, आज निर्णायक वार्ता

केन्द्रबिन्दु
174
Shares

काठमाडौं । २८ दिनदेखि जारी शिक्षक महासंघको आन्दोलन सहमति नजिक पुगेको छ। सोमबार दिनभर र मध्यरातसम्म शिक्षामन्त्री रघुजी पन्त र शिक्षक नेताहरूबीच भएको वार्ता सकारात्मक बनेको छ। मन्त्री पन्तले आजै टुंगो लगाउने गरी छलफल अघि बढेको बताए।

आज दिउँसो पनि वार्ता हुँदैछ। शिक्षक महासंघको बैठक जारी छ, जहाँ महासचिव तुलाबहादुर थापाले आज सहमतिको सम्भावना रहेको बताए। उनले भने, “हामी आशावादी छौं, आज केही नतिजा निस्कन सक्छ।”

यसैबीच, कांग्रेस-एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार तत्काल सम्बोधन गर्न सकिने मागमा सहमति गरी क्याबिनेटबाट निर्णय गराउने र ऐन जारी गर्ने समयसीमा तोक्ने तयारी छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल बाँकी रहेको र आन्दोलन जारी रहने बताए।

Skip This
Skip This
Logo