काग तिहारको अवसर पारेर सोमबार काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर काग सम्मेलन गर्नु भएको हो । "/>

रत्नपार्कमा ३ सय कागको सम्मेलन (भिडियोसहित)

रत्नपार्कमा ३ सय कागको सम्मेलन (भिडियोसहित)


काग तिहारको अवसर पारेर सोमबार काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर काग सम्मेलन गर्नु भएको हो ।

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि ३ सयभन्दा बढि कागहरु रत्नपार्कमा जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष काग तिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आउनु भएको छ ।

त्यस अवसरमा दुलालले आफूले संविधान नबन्दा संविधान सभा र भारतले नाकाबन्दी लगाउँदा भारतीय दुतावास घेराउ गर्न पनि काग बोलाएको स्मरण गराउनु भयो ।

 

Logo