अवस्था परिवर्तनमा समय लाग्छः उपप्रधानमन्त्री सिंह

अवस्था परिवर्तनमा समय लाग्छः उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पानी शुद्धिकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको अवस्था परिवर्तन गर्न केही समय लाग्ने बताएका हुन् ।

उनले भने, ‘म विनम्रताका साथ के भन्न चाहन्छु भने हामी यो राजनीतिमा किन लागि रहेका छौँ, भने देश र जनताको राम्रो होस् । यो आम नेपाली जनताको चाहाना भनेको हरेकको जीवन सहज हुनुपर्यो भन्ने छ त्यो लक्ष्य पूरा गर्नको लागि हामी अगाडि बढिरहेका छौँ । छिटो होस् भन्ने सबैको चाहना हो, तर अहिलेको अवस्थाभन्दा राम्रो अवस्थामा पुग्नको लागि समय लाग्छ । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्नेहरुले बोल्ने पाउने अधिकार कहाँबाट पायो त्यो पनि सोच्नुपर्छ ।’

यस्तै, उनले योजनाहरु दिगो हुन बनाउनको लागि सरकारको मुख मात्र हेर्ने होईन आफ्नो तर्फबाट पनि पहल गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo