ललितपुर । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ । आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति यादवसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूको उपस्थित रहेको छ ।
उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पुरक भएको भन्दै लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता संकटमा पर्ने बताए । उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता अनुयास्रित छन् । स्वतन्त्र प्रेसविना लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्छ । हामीले असल जिम्मेवार नागरिकको रुपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्न सक्नुपर्छ । लोकतन्त्रका मूल्यहरुलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो छ ।’
उनले देश र समाजको उन्नति र समृद्धिको लागि पत्रकारहरुको भुमिका वाच् डकको रुपमा हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सवल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए ।





























प्रतिक्रिया