उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् -प्रधानमन्त्री ओली

उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गरेका छन् । “आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा लेखेका छन् ।

उनले कृषिप्रधान नेपाली समाजमा प्रकृति र मौसमसँगको सहजीवितालाई सम्मान गर्ने उभौली पर्वले हामीलाई संस्कार, संस्कृतिको संरक्षण र प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्नेसमेत बताए ।

Skip This
Skip This
Logo