रवि लामिछानेलाई कारागारमै पुगेर भेटे मिटरब्याज पीडितले

रवि लामिछानेलाई कारागारमै पुगेर भेटे मिटरब्याज पीडितले

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । रुपन्देही कारागारमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मिटरब्याज पीडितहरुले भेट गरेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा कारागारमै पुगेको पीडितहरूको टोलीले लामिछानेसँग आफ्ना समस्याहरू राखेका थिए। भेटमा पीडितहरूले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका थिए।

जवाफमा रवि लामिछानेले पीडितहरूलाई धैर्य गर्न आग्रह गर्दै न्याय मिल्ने आश्वासन दिएका छन् । उनले आफ्नै उदाहरण दिँदै धनी र गरिबबीचको लडाइँ लामो चल्ने बताए। देशका लागि लड्नेहरू नै थुनिनुपरेको उनको भनाइ थियो।

Logo