रवीन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

रवीन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । तीनकुने घटनामा समातिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् ।

गत चैत १५ गतेदेखि प्रहरीको हिरासतमा रहेका मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी हुन्। यस रिटको पेसी बुधबारका लागि तोकिएको छ।

प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ। यसबीच उनको बयान समेत सकिसकेको तर पनि प्रहरीले हाजिर जमानीमा नराखेको मिश्र पक्षको जिकिर छ।

Logo