बत्ती जान थालेको गुनासो पुग्यो संसदमा

बत्ती जान थालेको गुनासो पुग्यो संसदमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । माओवादी केन्द्रका सांसद सुदन किराँतीले अघोषित लोडसेडिङ हुन थालेको गुनासो जनस्तरबाटै आउन थालेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाइएपछि बत्ती जान थालेको गुनासो आएको बताएका हुन् ।

‘भर्खरै पूर्वी नेपालका विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा बत्ती गएको देखियो । कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो,’ उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो ? या कमजोर व्यवस्थापनको परिणाम ?’

उनले घिसिङ हुँदा नाफामा गएको कम्पनी हितेन्द्रदेव शाक्य आएपछि कसरी घाटामा गयो भनेर पनि प्रश्न गरे । ‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने ?,’ उनी भन्छन्, ‘प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो ?

Skip This
Skip This
Logo