काठमाडौं । लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्नेमा सांसद ईश्वर बहादुर रिजालले जोड दिएका छन् ।
बिहीबार प्रतिनिधीसभाको शून्य समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीवादको चरित्र अराजक हुन्छ, तर लोकतन्त्रमा खबरदारी हुनुपर्ने बताएका छन् । उनले अराजकतामा अनुसाशन नहुने र राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताएका हुन् ।
उनले लोकतन्त्रभित्रको सरकार संख्याले चल्छ तर संख्या भित्रको सरकार लोकतन्त्रले नचल्ने बताएका छन् ।
जनताको प्रतिनिधिको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई राम्रो बनाउन आवश्यक रहेको उनकाे भनाइ छ । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता र राजनीतिमा स्वतन्त्रताको आधार भएको बताएका हुन् ।































प्रतिक्रिया