काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले राख्ने सल्लाहकारको भूमिकामाथी प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका छन् कि छैनन् भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए । सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन् सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ । प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफै हुन्छ । परराष्ट्रमन्त्री आफै सल्लाहकार हुनुहुन्छ प्रधानमन्त्रीको, राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे ।’
यस्तो सल्लाहकारहरूको चरित्र र औचित्य माथी उनले प्रश्न गरेका छन् ।





























प्रतिक्रिया