काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने भ्रमणको लागि कतार तर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए । उनलाई नेपाली सेनाले सलामी दिएको छ ।
कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी १५ गते स्वदेश फर्किने छिन् । कतार भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया