काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आस्था राख्ने आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले एकपछि अर्को गर्दै आफ्ना कार्यकर्तालाई पक्राउ गर्नुभन्दा बरु औपचारिक रूपमै विद्रोहमा जान चुनौती दिएका हुन्।
उनले रवीन्द्र मिश्रलाई झण्डै दुई महिनादेखि राजसंस्था र हिन्दु राष्ट्रको समर्थन गरेको कारण अपमानजनक तरिकाले थुनामा राखिएको र आजै मात्र राष्ट्रिय प्रजातान्त्रिक युवा संघका अध्यक्षलाई पनि पक्राउ गरिएको खबरले आफू स्तब्ध भएको बताए।
उनले भने, ‘आस्थाका कारण एकपछि अर्को गर्दै पक्राउ गर्दै लैजाने हो भने सरकारले औपचारिक रूपमा भन्दियाेस्– विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्यो, होइन भने सुजित केसीलाई अविलम्ब रिहाइ गरियोस्।’































प्रतिक्रिया