लुम्बिनीकी सांसद गीता गुरुङको राजीनामा अस्वीकृत

लुम्बिनीकी सांसद गीता गुरुङको राजीनामा अस्वीकृत

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ ।

हस्तलिखित राजीनामा पत्रमा सभामुखलाई सम्बोधनको शैली नमिलेको, कुन पदबाट राजीनामा दिएको हो भन्ने नखुलाइएको, राजीनामा पत्रमा भएको हस्ताक्षर र सचिवालयमा भएको हस्ताक्षर नमिलेको, र हस्ताक्षरमा उल्लेख भएको गीता शब्दको हिज्जे तथा इमेलमा उल्लेख भएको हिज्जे समेत नमिलेको भन्दै सभामुख तुलाराम घर्ती मगरले स्वयं उपस्थित भई हस्ताक्षरको सनाखत गराउन निर्देशन दिएका हुन् ।

उनी दुई महिनादेखि बेलायतमा बस्दै आएकी छन्। उनले राजीनामा दिएको पत्र मंगलबार सार्वजनिक भएको थियो । तर,राजीनामाको आधिकारिताबारे अन्योल छ।

गुरुङका श्रीमान् कैलाश गुरुङ  हालै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए ।

Skip This
Skip This
Logo