लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत कार्यसूची रहेको छ ।

यसअघि सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको प्रदेशसभा बैठकले पास गरेको थियो ।

Logo