सभापति देउवाले बाेलाए कांग्रेस पदाधिकारी बैठक

सभापति देउवाले बाेलाए कांग्रेस पदाधिकारी बैठक

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएकाे हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषय चौतर्फी चर्चा भइरहेका बेला कांग्रेसले बैठक बोलाएको हो । कांग्रेसभित्रै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज बढ्दो छ ।

बैठकमा गृहमन्त्री लेखकसँग जोडिएको अध्यागन विवाद र समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

Skip This
Skip This
Logo