प्रधानमन्त्री ओलीको टिप्पणी- ‘अब न २०६४ साल आउँछ, न माओवादी आउँछ’

प्रधानमन्त्री ओलीको टिप्पणी- ‘अब न २०६४ साल आउँछ, न माओवादी आउँछ’

केन्द्रबिन्दु
12
Shares

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब अब २०६४ सालको अवस्था नदोहोरिने र माओवादी केन्द्रको पनि पुनरागमन नहुने टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘माओवादीको आतंकको छायाँमा हामीले २०६४ हारेको हो, अब न २०६४ साल आउँछ, न माओवादी आउँछ।’

मुलुकमा एमाले नै मजबुत पार्टी रहेको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले एमालेका कार्यकर्ताहरूलाई आफ्नो पार्टीको पहिचान चिन्न आग्रह गर्दै भने, “एमालेहरूले आफ्नो यो पहिचान चिन्नुपर्यो। हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामर्थ्य छ।” उनले पार्टी भित्र अलमलमा नपर्न र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गर्न आह्वान गरे।

Logo