गृहमन्त्री लेखकको प्रष्टीकरण- मेराविरुद्ध नियोजित ढंगले आक्रमण भयो, यसमा सत्यता छैन

गृहमन्त्री लेखकको प्रष्टीकरण- मेराविरुद्ध नियोजित ढंगले आक्रमण भयो, यसमा सत्यता छैन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट्याएका छन् ।

प्रतिपक्ष दलले राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले पत्रकार सम्मेलन आयोजना गर्दै आफूमाथि नियोजित ढंगले आक्रमण भइरहेको र यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित भएको बताएका हुन् ।

जसरी यो विषयमा संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, त्यसमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

Logo