काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध उजुरी नै नपरेकाे खण्डमा राजीनामा माग्नु आश्चर्यकाे विषय भएकाे टिप्पणी गरेका छन् ।
अनुसन्धान प्रक्रियालाई महत्त्व दिनुपर्ने तर तत्काल सामाजिक सञ्जालको दबाबमा आएर निर्णय लिनु उपयुक्त नहुने उनकाे आशय थियाे ।
प्रतिपक्ष दलले राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले पत्रकार सम्मेलन आयोजना गर्दै एक कार्यकर्तामाथि अनुसन्धान हुँदैमा पार्टी सभापति वा अध्यक्षले राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न उठाएका छन्।
“पार्टीमा एक कार्यकर्तामाथि अनुसन्धान हुँदा पार्टी सभापति/अध्यक्षले राजीनामा दिने हो?” गृहमन्त्री लेखकले प्रश्न गरे।
साथै उनले सामाजिक सञ्जालमा उठ्ने प्रश्नलाई मात्र आधार मानेर राजीनामाको माग गर्न थाले भावी अवस्था झनै जटिल हुनेतर्फ पनि संकेत गरे। “सामाजिक सञ्जालमा पनि प्रश्न उठ्नेवित्तिकै राजीनामा दिनुपर्ने अवस्था भयो भने के होला?” उनले थपे।





























प्रतिक्रिया