काठमाडाैं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका छन्।
इँटाभट्टामा ज्युँदै मान्छे पोलेर हत्या गरेको अभियोगबाट सफाइ पाएर बुधबार मात्रै जेलबाट रिहा भएका उनकाे आज मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार आलमको स्वास्थ्य अवस्था अहिले स्थिर छ।





























प्रतिक्रिया