संसद बैठक आज पनि बस्दै नबसी स्थगित

संसद बैठक आज पनि बस्दै नबसी स्थगित

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रतिनिधिसभाको आज पनि बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि ढिला गरी ३१५ का लागि सारिएको थियो । तर उक्त समयमा पनि बस्न नसकेपछि भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग छ, तर सत्तापक्षले त्याे स्विकार गरेकाे भने छैन ।

Logo