अख्तियार गृहमन्त्रीमाथि छानविन गर्नसक्ने अवस्थामा छैन, उच्चस्तरीय समिति नै चाहिन्छ -रास्वपा

अख्तियार गृहमन्त्रीमाथि छानविन गर्नसक्ने अवस्थामा छैन, उच्चस्तरीय समिति नै चाहिन्छ -रास्वपा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न उच्चस्तरीय छानविन समिति नै आवश्यक हुने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दलीय भागबण्डामा नियुक्ति भएका मान्छेहरु रहेका कारण गृहमन्त्रीमाथि छानविन हुन नसक्ने उनको भनाइ छ ।

एक कार्यक्रममा सहमहामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘अख्तियारले मुद्दा चलाएको छ । त्यो ठिक छ तर त्यहाँ पनि दलीय भागबण्डामा नियुक्ति भएका मान्छेहरु छन् । हालको सरकारमा रहेका दलका नेताका मान्छेहरु नियुक्ति भएका छन् । यस्तो अवस्थामा अख्तियारले पनि गृहमन्त्री तहमा छानबिन गर्न सक्ने देखिँदैन । अहिलेको गृहमन्त्रीलाई राजीनामा दिएपछि बोलाएर छानबिन गर्न सक्ने अवस्थामा पनि अख्तियार छैन ।’

गृहमन्त्रीले नैतिकताको आधारमा छानबिनलाई नसघाउने हो भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने वा नेपाली काङ्ग्रेसले गृहमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने पनि उनको भनाई छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गरिरहेको छ ।

Skip This
Skip This
Logo