कलाकार बद्री पङ्गेनीको छोरी बिहानी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध

कलाकार बद्री पङ्गेनीको छोरी बिहानी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । कलाकार बद्री पङ्गेनीको छोरी बिहानी पङ्गेनी नेकपा एमालेनिकट अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि बिहानी निर्विरोध भएकी हुन्।

गायक पङ्गेनी छोरीको समर्थनका लागि आज स्मृति भवनमै पुगेका थिए । बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्।

कानुन पढिरहेकी बिहानीले आफ्नो रूचिले विद्यार्थी संगठनबाट राजनीति आएको बताउँछिन् । उनी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती कलेजमा एलएलबी अध्ययनरत छिन्।

Skip This
Skip This
Logo