‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’ -विराजभक्त श्रेष्ठ

‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’ -विराजभक्त श्रेष्ठ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असरका सम्बन्धमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्न राससले आयोजना गरेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी कोसेढुङ्गा साबित हुने बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनको आज अवलोकनपछि उनले नेपालका हिमाल तथा हिमशृङ्खला, हिमाली क्षेत्रका जनजीवन, पर्यटकीय सम्भावना, जलवायु परिवर्तनको जोखिम र विपद्का पाटो प्रदर्शनीमार्फत जनमानसमा पुगेको बताए ।

“तस्विर प्रदर्शनी सकारात्मक छ, हाम्रा सम्पदाको थप प्रवर्द्धन र पर्यटन क्षेत्रमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ”, पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “नेपालको भविष्य, भावी र वर्तमानको सम्पत्ति भनेकै हिमाल हुन् । जुन अहिले जलवायु परिवर्तनको असरले गर्दा नाङ्गिँदै गएका छन् । अब यो अन्तरराष्ट्रिय मुद्दा बन्नुपर्छ ।”

Logo