काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्।
२०७९ को प्रदेशसभा चुनावताका नै अयोग्य रहेका मनाङेले विवरण झुक्याएर सांसद भएको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले आज पदमुक्तको फैसला गरेको हो ।
अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए। मनाङे विभिन्न फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएकाले चुनावमा उम्मेदवार बन्न नपाउने उनको तर्क थियो।
सर्वोच्चमा पुनरवलोकनको क्रममा रहेका कारण चुनाव लडेर सांसद बनेका थिए । हाल उनी ज्यान मार्ने उद्योगमा सर्वोच्चबाटै दोषी ठहर भएर कारागारमा छन् । चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।





























प्रतिक्रिया