संसदमा आएका विधेयक हेरफेर हुनु गलत छः डा. कोइराला

संसदमा आएका विधेयक हेरफेर हुनु गलत छः डा. कोइराला

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् ।

मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताएका हुन् ।

उनले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका छौं भन्ने कुरा अहिलेको घट्नाले पुष्टि गरेको छ । संसदको समितिबाट सर्वसहमतमा पास हुन्छ अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ त्यो त सरासर अपराधिक काम हो । को दोषी हो म भन्न सक्दिनँ । मलाई थाहा हुँदैन तर जो पनि दोषी हुन्छ उनीहरुलाई क्षम्य गर्न हुँदैन । यस्तो गर्न थाल्यो भने देश कता जान्छ ?’

उनले अहिले कसैले पनि राजनीतिक नगरेको भन्दै राजनीतिक गर्नेहरु निष्ठावान हुनुपर्ने बताए ।

Logo