काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले आफूलाई कुनै स्पष्टीकरण सोधिएको भन्ने विषय निराधार रहेको दाबी गरेकी छन् ।
विवादास्पद आज पार्टी सचिवालय बैठक पुगेकी झाँक्रीले आफूले स्पष्टीकरणको पत्र नपाएको र सोध्दा पनि नसोधेको दाबी गरेकी हुन्। ‘मलाई स्पष्टीकरण सोधेको भनेको निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई स्पष्टीकरण सोधिएको छैन, सोध्ने निकाय पनि थाहा छैन।’ उनले भनिन् ।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताएका थिए । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए आवश्यक कारबाहीसमेत गर्ने जनाइएको छ । साथै पार्टीले अध्यक्ष नेपालको अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक रूपमा नबोल्न निर्देशन दिएको छ ।































प्रतिक्रिया