भोटेकोशी बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ -प्रधानमन्त्री ओली

भोटेकोशी बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराएका हुन् ।

“यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,” भनेका छन्, “विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ । सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु ।”

प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका र ठूलो भौतिक क्षति पु-याएको आफूले जानकारी पाएको बताए । उनले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरे ।

Logo