काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादका कारण नेकपा फुटको संघारमा रहेको संकेत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भेट गर्दै सत्ता साझेदारका लागि आग्रह गरेपछि कांग्रेसका विशेषगरि युवा नेताहरुले नेकपाको पछि लाग्न नहुने बताउँदै आएका छन् ।
ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्न प्रस्ताव गरेको खबर बाहिरिएपछि कांग्रेसका युवा नेता धनराज गुरुङले सभापति देउवालाई नेकपासँग सती जान नहुने भन्दै आग्रह गरेका हुन् ।
नेता गुरुङले सामाजिक संजाल ट्वीटरमा सभापति देउवालाई मेन्सन गर्दै लेखेका छन्, ‘श्रद्धेय सभापति ज्यु , यदि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु । कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ । नेकपाको सत्ता भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन। जय नेपाल ’

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले देउवालाई सत्ता साझेदारका लागि अनुरोध गरे पछि अहिले नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यसै सन्दर्भमा नेता गुरुङले यस्तो टिप्पणी गरेका हुन् । उनीसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री अर्जुन नरसिंह केसी, नेता रामहरि खतिवडा लगायतले पनि ओलीको प्रस्तावको लोभमा कांग्रेस फस्न नहुने बताएका थिए ।































प्रतिक्रिया