प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच डेढ घण्टा ‘वान टु वान’ भेटवार्ता, प्रसन्न मुद्रामा देखिए

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच डेढ घण्टा ‘वान टु वान’ भेटवार्ता, प्रसन्न मुद्रामा देखिए

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै डेढ घण्टा ‘वान टु वान’ भेटवार्ता भएको छ ।

च्यासलस्थित पार्टी कार्यालयमा भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि आइतबार पहिलोपटक ओलीसँग छलफल गरेकी हुन् । भेटवार्तापछि दुवै नेता प्रसन्न मुद्रामा देखिएका थिए ।

भण्डारीले यसअघि नै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा पनि त्याग गरेकी छन्। तर, एमालेभित्र भण्डारीलाई सक्रिय राजनीतिमा आउन पार्टी सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहँदा यो अर्थपूर्ण भेटवार्ता भएको हो ।

Skip This
Skip This
Logo