आफ्नो सालिक कसैले नदेख्ने गरी गाडिदिन सुदन किराँतीकाे आग्रह

आफ्नो सालिक कसैले नदेख्ने गरी गाडिदिन सुदन किराँतीकाे आग्रह

केन्द्रबिन्दु
90
Shares

काठमाडाैं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्नेगरि गाडिदिन आग्रह गरेका छन्।

आफू सालिक बनाउने संस्कृतिको सैद्धान्तिक रूपमा विरोधी रहेको स्पष्ट पार्दै किराँतीले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “धरानमा मेरो शालिक बनाईदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु। सबैमा स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। त्यसैले त्यो बनिएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।”

उनले आफूले सालिक बनाउनुपर्ने किसिमको देशलाई कुनै विशेष योगदान पनि नगरेको बताएका छन्। “साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्तत म विरोधी हुँ। फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र?” किराँतीले प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा सालिकप्रति नकारात्मक धारुणा आएपछि उनकाे याे स्टाटस आएकाे हाे ।

Logo