भाषा आयोगमा तीन वर्षदेखि नियुक्त हुने एउटा, जागिर खाने अर्कै, रास्वपाद्वारा संसदमा ध्यानाकर्षण

भाषा आयोगमा तीन वर्षदेखि नियुक्त हुने एउटा, जागिर खाने अर्कै, रास्वपाद्वारा संसदमा ध्यानाकर्षण

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताएका हुन् ।

उनले भने, ‘भाषा आयोगमा तीन वर्षदेखि अर्को कृष्णप्रसाद न्यौपाने संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्को व्यक्तिले नाम मिल्यो भन्दैमा सुविधा खाएर बसेको रहेछ । देश कसरी चलेको रहेछ भन्ने कुरामा उदाहरण हो यो । खतरा तरिकाले देश चलाएको छौं भनेर यहाँ उफ्रिने केही अग्रजहरुलाई यो एउटा तमासा हो । संवैधानिक नियुक्तिमा समेत यत्ति हेलचेक्राईँ ?’

अहिले भाषा आयोग कार्यालयमा रहेका सदस्य कृष्णप्रसाद न्यौपाने मन्त्रिपरिषद्ले नियुक्त गरेका प्रा.डा. न्यौपाने नभएको उनको भनाई छ ।

दुवैको नाम, जिल्ला, पालिका र वडासम्म मिल्छ तर व्यक्तिको अनुहार र योग्यता भने फरक छ । साथै उनले कुलिङ पिरियडमा रामहरि खतिवडाले राजीनामा समेत दिनुपर्ने बताए ।

Logo