मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेकाे प्रदेशसभाबाट मुख्यमन्त्री बानियाँले ६३ मत प्राप्त गरेका हुन् । विपक्षमा २२ मत झरेकाे छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।

२० साउनमा मुख्यमन्त्री नियुक्त भएका उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिएका हुन् ।

Logo