प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक छ -महामन्त्री शर्मा

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक छ -महामन्त्री शर्मा

केन्द्रबिन्दु
6
Shares

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिएका हुन् ।

“डिजिटल माध्यमका कारणले समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ, यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो, पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ”, उनले भने ।

Skip This
Skip This
Logo