भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी आज शुक्रबार दिउँसो नेपाल आइपुगेका छन्। गान्धी इन्डिगोको जहाजबाट केहिबेर अघि काठमाडौं आएका हुन्। स्रोतका अनुसार उनी निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बुझिएको छ।
गान्धी कसको निमन्त्रणामा केको लागि आएका हुन् भन्ने केहि खुलाइएको छैन। गान्धी आज काठमाडौँमा नै बस्ने र शनिबार नेपालगञ्ज जाने बुझिएको छ । नेपालगञ्जबाट हेलिकोप्टरमा हुम्ला हुँदै मानसरोबर पुग्ने छन्।





























प्रतिक्रिया