राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति सुआनबिच भेटवार्ता हुँदै

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति सुआनबिच भेटवार्ता हुँदै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ ।

आज सोमबार राष्ट्रपति भवन शितनिवासमा ११ बजे भेट हुने कार्यसूची रहेको छ ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् ।

सुआन भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ ।

Skip This
Skip This
Logo