डा. लेखजंग थापाले सार्वजनिक गरे ‘डिभोर्स पेपर’, भने- ‘मेरो पारिवारिक जीवन गैरकानूनी छैन’

डा. लेखजंग थापाले सार्वजनिक गरे ‘डिभोर्स पेपर’, भने- ‘मेरो पारिवारिक जीवन गैरकानूनी छैन’

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही -३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेको विवादमा मुख खोलेका छन् ।

थापाले सम्बन्धविच्छेद भएकी पत्नीबाट जन्मिएको एक सन्तान रहेको र उसको भविष्यलाई ध्यानमा राख्दै दुवै अभिभावकले सौहार्दपूर्ण सम्बन्ध कायम गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘मसँग सम्बन्धविच्छेद भएकी श्रीमतीसँग सन्तान छ, र उसको पालनपोषणका लागि हामीले साझा जिम्मेवारी लिएका छौं। यसलाई समस्या वा गैरकानूनी भनेर व्याख्या गर्नु गलत हो ।’

‘प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।’ उनले भनेका छन् ।

एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने आफूलाई नलाग्ने पनि उनले बताएका छन् ।

‘दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।’ उनले भनेका छन्, ‘सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।’

Logo