प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदले बहिष्कार गर्ने भएका छन् । आज दिउसो प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशसभा बैठकमा गर्न लागेको सम्बोधन राजपाका केही सांसदहरुले बहिस्कार गर्ने तयारी थालेका हुन् ।
ओलीले विगतमा मधेश विरोधी गतिविधि गरेको र मधेशका मागलाई वर्तमान सरकारले सम्बोधन नगरेको विरोधमा बहिष्कार गर्न लागिएको राजपाका महासचिव मनिष सुमनले बताए । प्रधानमन्त्रीको सम्बोधन शुरू हुने बित्तिकै बहिष्कारको निर्णय सुनाएर प्रदेश सभाबाट बाहिरिने बताएका छन् । भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेका छन् ।































प्रतिक्रिया