काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ ।
बुधबार राति करिब आठ बजेतिर कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किंदै गर्दा भण्डारीमाथि अज्ञात समूहले आक्रमण गरेको बताइएको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ, जहाँ १० वटा टाँका लगाइएको छ ।
मोटरसाइकलमा रहेका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेको बताइएको र हाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।































प्रतिक्रिया