काठमाडाैं । सरकारले सामाजिक सञ्जाललाई नेपालमा बन्द गर्ने प्रक्रिया सुरु गरेको छ ।
सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण प्रक्रियामा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हाे ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार, सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो। यस निर्देशिकाअनुसार, सबै स्वदेशी र विदेशी सामाजिक सञ्जालहरूलाई नेपालमा सञ्चालन हुनुअघि अनिवार्य रूपमा मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो।
मन्त्रालयले भदौ १२ गते सात दिनभित्र सूचीकरणका लागि सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, तोकिएको समयसीमाभित्र कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्कमा नआएपछि सरकारले यो कदम चालेको हो।
मन्त्रालयले अब नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचीकरण नगरेका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराउन निर्देशन दिएको छ । यद्यपि, यदि कुनै प्लेटफर्मले पछि सूचीकरण गरेमा, त्यसलाई तुरुन्तै पुनः सक्रिय गराइने पनि मन्त्रालयले स्पष्ट पारेको छ।





























प्रतिक्रिया