दलमा लाग्नु समस्या होइन, तर दलदलबाट सबैलाई फसाउनु समस्या हो -गगन थापा

दलमा लाग्नु समस्या होइन, तर दलदलबाट सबैलाई फसाउनु समस्या हो -गगन थापा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नवराज लम्सालले राजनीतिक चेतनालाई पुँजी बनाएर महाकाव्यको निर्माण गरेको बताएका छन् ।

शुक्रबार महाकाव्यकार डा.नवराज लम्सालकृत चौथो महाकाव्य ‘कल्प’ को लोकार्पण समारोहमा उनले नवराजले राजनीतिक चेतनालाई पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने प्रयास गरेको भन्दै यसले नयाँ पुस्ता र साहित्यमा कलम चलाउनेहरुलाई प्रेरित गर्ने बताएका हुन् ।

उनले भने, ‘दलमा लाग्नु समस्या होइन, दलमा लाग्ने वित्तिकै दलदलमा फसेर सबैलाई फसाउने हो भने समस्या हो । त्यसकारण यो कुरामा नवराज लम्साललाई बधाई दिन चाहन्छु । किनभने राजनीतिक चेतनालाई आफ्नो पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने जुन प्रयास गर्नुभयो यो एकदमै राम्रो कुरा हो । यसले नयाँ पुस्तालाई र साहित्यमा कलम चलाउनेलाई प्रेरित गर्छ भन्ने कुरा राख्न चाहन्छु ।’

साथै, उनले नवराज लम्सालको महाकाव्यलाई आम मानिससम्म पु-याउने सबैभन्दा सशक्त हस्ताक्षर भएको भन्दै अहिलेको जस्तो आधुनिक अवस्थामा महाकाव्य रचना गरेर मानिसको बीचमा राख्ने कुरा आफैमा बेजोड रहेको बताए ।

Logo