ओलीको नजरमा रास्वपा- ‘तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै’

ओलीको नजरमा रास्वपा- ‘तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा (एमाले) काअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पपुलिस्ट’हरूले समाजको मनोविज्ञानलाई दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

शुक्रबारदेखि ललितपुरकाे गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमा अध्यक्ष ओलीले कुनै दलको नाम नलिई ‘पपुलिस्टहरू’ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लक्षित कटाक्ष गरेका हुन्। उनले भनेका छन्, “समाजको मनोविज्ञानलाई ‘पपुलिस्टहरू’ ले राम्रैसँग दुरुपयोग गरे। तर उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन।”

उनले ‘पपुलिस्ट’हरूमा वैचारिक र राजनीतिक स्पष्टताको अभाव रहेको र उनीहरूसँग विगतको कुनै विरासत र योगदान नरहेको पनि दाबी गरेका छन्। “न कुनै सुस्पष्ट गन्तव्य, न त निश्चित वर्गआधार र लक्षित समूह,” ओलीले भने। उनले यस्ता शक्तिहरूलाई “तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै” भन्दै छिट्टै सेलाउने दाबी गरे।

“हामीले सुरुदेखि नै भन्दै आएका थियौँ– यो कुनै विकल्प होइन, हुन सक्दैन,” दस्तावेजमा उल्लेख छ।

Logo