काठमाडौं
०७२ बैशाख १२ को विनासकारी भूकम्पको ३ बर्ष बिती सक्दा पनि पराकम्प आउने क्रम रोकिएको छैन ।
आज पनि काभ्रे केन्द्र भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साँझ ७ बजेर ३५ मिनेटमा काभ्रेको नमोबुद्ध केन्द्र भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।
यो नयाँ भूकम्प नभई ७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया