काठमाडौं । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेनजी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न जोडदार माग गरेका छन् ।
सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका उनले राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले अब जेनजीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘यो आक्रोश युवाहरूको सपना हो, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जबाफदेहिताको चाहना राख्ने युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्माहत भएको छु।’





























प्रतिक्रिया