जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सभा र कृषि मन्त्रालयमा आगजनी

जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सभा र कृषि मन्त्रालयमा आगजनी

केन्द्रबिन्दु
27
Shares

जनकपुर । देशभर आन्दोलन गरिरहेका युवाहरुले मधेश प्रदेशको प्रदेश सभा, मधेश प्रदेशको कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा तोडफोडसहित आगजनी गरेका छन् ।

मंगलबार प्रदर्शनकारी युवाहरुले धनुषास्थित मधेश प्रदेशको प्रदेश सभा, मधेश प्रदेशको कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा तोडफोडसहित आगजनी गरेका हुन् । यसअघि सोमबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको छ ।

सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासप्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् । राजनीतिक नेतृत्व र सत्तारूढ दलका शीर्ष नेताहरूको घर तथा कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन् ।

Logo