प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्ने

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्ने भएकी छन् ।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले घाइतेहरूलाई अस्पतालमै पुगेर भेट्न लागेकी हुन् । आज वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्ने कार्यसूची तय भएको बताइएको छ ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको छ । घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् । हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo