काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
कार्कीले आइतबार राति नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री कार्कीले दलभन्दा बाहिर रहेर मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । तीनै मन्त्रीको आज सपथ हुँदैछ ।































प्रतिक्रिया