प्रधानमन्त्रीलाई नारायणकाजी श्रेष्ठको खुल्लापत्र- भ्रष्टाचारका फाइल खाेल्दै निष्पक्ष निर्वाचनमा जोड दिनुहाेस्

प्रधानमन्त्रीलाई नारायणकाजी श्रेष्ठको खुल्लापत्र- भ्रष्टाचारका फाइल खाेल्दै निष्पक्ष निर्वाचनमा जोड दिनुहाेस्

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकलाई संकटबाट बचाउन तत्काल निष्पक्ष निर्वाचन गराउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई फोनमार्फत सम्पर्क गर्ने प्रयास असफल भएकाे बताएका उनले सामाजिक सञ्जालमार्फत यस्ताे आग्रह गरेका हुन् । उनले राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान र योग्य व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिए ।

पूर्वगृहमन्त्री श्रेष्ठले सरकारको मुख्य ध्यान देशमा शान्ति सुव्यवस्था कायम गर्न र घोषित मितिमा निष्पक्ष निर्वाचन सम्पन्न गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन‍‍् । उनले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

-तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

-तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।

-भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोषीहरुमाथि कारवाही गर्नुस ।

-ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

-भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

-प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

Logo