आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड पुगे पार्टी कार्यालय

आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड पुगे पार्टी कार्यालय

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको काममा फर्किएका छन् ।

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी पार्टी काममा फर्किएका हुन् ।

आन्दोलनकारीले ध्वस्त पारेको आफ्नो केन्द्रीय कार्यालय पेरिसडाँडाकाे उनले निरीक्षण पनि गरेका छन् ।

Logo